टी–२० क्रिकेट : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

शनिबार, १९ फागुन, २०८०
डिजिटल संस्करण

त्रिदेशीय टी–२० क्रिकेट शृंखला अन्गर्तत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११:३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो । शृंखलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो ।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्यान्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । शृंखलामा नेदरल्यान्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको दुई दुई अंक छ । रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अंक तालिकाको पुछारमा छ ।     

 

सुझावित समाचार