विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

सोमबार, १४ फागुन, २०८०
डिजिटल संस्करण
विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

फाइल तस्बिर

विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, ०७९/८० संघीय संसद्को राष्ट्रिय सभासमक्ष पेस गरिएको छ।

सभाको आजको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराइन्। सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा बैठक सम्पन्न भएको जानकारी दिइन्।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरेकी छिन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

सुझावित समाचार