नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नेपालले चोथो विकेट लिएको छ । बलर ललितनारायण राजवंशीले बास डी लिडको विकेट लिएका छन् । ४४ बलमा तीन चौका र एक छक्का प्रहार गरेका उनले २७ रन बनाएका थिए।
ललितको यो दोस्रो विकेट हो । यसअघि २३ रन बनाएका साइब्रान्ड एंगलब्रतको विकेट लिएका थिए । १९.२ ओभरमा चार विकेट गुमाउँदा नेदरल्यान्ड्स ६७ रन बनाएर खेलिरहेको छ ।