खाद्य स्वच्छता विधेयक कृषि समितिबाट पारित

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण
खाद्य स्वच्छता विधेयक कृषि समितिबाट पारित

फाइल तस्बिर

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले विधेयक सर्वसम्मतिले पारित भएको हो।

विधेयकमा बिक्री–वितरणमा रोक लगाइएको खाद्य पदार्थको नमुनाको परीक्षण प्रतिवेदन १५ दिनभित्र प्राप्त भइसक्ने गरी परीक्षण गर्नुपर्ने व्यवस्था राखिएको छ।

यस्तो प्रतिवेदन प्राप्त भएको २४ घण्टाभित्र सिलबन्दी र रोक्का फुकुवा गर्नुपर्ने, खाद्य पदार्थ उत्पादन गर्न र उत्पादित खाद्य पदार्थ पैठारी गर्न चाहनेले अनुमतिपत्र लिनुपर्ने प्रावधान विधेयकमा समावेश छन्। 
 

सुझावित समाचार