बझाङमा जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

बझाङको तलकाेटबाट चैनपुर आइरहेको से.१ज ८६८ नम्बरको जिप तलकाेट गाउँपालिकाको साइलाबगडनजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट– १ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते हुनेमा तलकोट– ३ का जिपचालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका– ५ का सहचालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए  । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

सुझावित समाचार