नेपाल प्रहरीमा कार्यरत श्रीमानबाट प्रहरीमै कार्यरत श्रीमतीमाथि गोली प्रहार, अवस्था गम्भीर

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

नेपाल प्रहरीको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत एक प्रहरीले दाङ पुगेर प्रहरीमै कार्यरत श्रीमतीमाथि गोली प्रहार गरेका छन्। 

गोली हान्ने प्रहरीलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ। उनको नाम खुलाइएको छैन। गोली हानिएकी प्रहरी जवान धनमाया थापाको अवस्था गम्भीर छ। उनीमाथि प्रहरीकै हतियार प्रयोग गरेर तीन राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ। 

दाङ घोराहीको दामोदर चोकमा डिउटी गरिरहेका वेला धनमायामाथि गोली प्रहार भएको हो। धनमायाका श्रीमान बिहीबार साँझ साढे आठ बजेतिर दुई सय २० सिसीको पल्सर बाइक चढेर दामोदर चोक पुगेका थिए। 

सुझावित समाचार