कुवेतले नेपाललाई दियाे ७४ रनको लक्ष्य

बुधबार, २ फागुन, २०८०
डिजिटल संस्करण

मलेसियामा जारी एसिसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा नाै विकेट गुमाउँदै ७३ रन बनायो।

सीता रानामगरको ह्याट्रिक विकेटसँगै कुवेतले नेपालसामु ७४ रनको झिनो लक्ष्य प्रस्तुत गर्न सक्यो। रानामगरले १३औँ ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबिडब्लूको धरापमा पारिन्।

यस्तै, तेस्रो बलमा उनले मार्याम ओमरलाई विकेटकिपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ गरिन् भने चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबिडब्लू आउट गरिन्। यस्तै रुबिना क्षेत्री र कविता कुँवरले समान दुई विकेट लिए।

सुझावित समाचार