जनयुद्ध दिवसमा दीप प्रज्वलन

बुधबार, २ फागुन, २०८०
डिजिटल संस्करण

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले २९औँ जनयुद्ध दिवसको अवसरमा मंगलबार शान्तिवाटिकामा दीप प्रज्वलन गरेको छ । सो अवसरमा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले जनयुद्धकै कारण मुलुकमा अहिलेको परिवर्तन सम्भव भएको बताए ।

उनले १ फागुन, ०५२ मा जनयुद्ध सुरु गरेर नेपालमा औपचारिक हिसाबले सारा परिवर्तनकारी योजनाको संश्लेषण गरेर संविधान निर्माणसम्म पुगेको बताए । ‘जनयुद्धकै जगमा बनेको संविधानले आज नेपाली जनतालाई स्वतन्त्रता प्रदान गरेको छ,’ उनले भने ।

उनले जनयुद्धलाई आतंकवाद र आफ्नो देशकै दाजुभाइविरुद्ध लड्ने युद्ध हो भनेर कुप्रचार भइरहेकोमा आपत्ति जनाए । ३० वर्षअघि सार्वजनिक यातायातमा सवार गर्ने महिलाहरूलाई हिंसा गर्नु शासकले अधिकार जस्तो गरे पनि अहिले महिला हिंसाविरुद्धको कानुन र प्रहरी तैनाथ भएको उनले बताए । कसैलाई कुनै प्रकारको अन्याय भए अदालतमा गएर ठीक ढंगले अपिल गरे न्याय पाउने स्थिति सिर्जना गरिएको उनको भनाइ थियो ।

सुझावित समाचार