क्यानडालाई पाँचौँ झड्का, कुशलले लिए दोस्रो विकेट

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

एकदिवसीय बाइल्याट्रल सिरिजको अन्तिम खेलमा क्यानडाविरुद्ध फिल्डिङ गरिरहेको नेपाललाई पाँचौँ सफलता मिलेको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेलमैदानमा कुशल मल्लले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा क्यानडाको पाँचौँ विकेट लिएका हुन् । राम्रो सुरुवात गरेका र सहज रूपमा रन जोडिरहेका हर्ष थाकेलाई कुशलले एलबिडब्लू धरापमा पारे । 

५७ बलको सामना गरेका हर्षले दुई चौकाको मद्दतमा २७ रन बनाइसकेका थिए । क्यानडाले ३७औँ ओभरमा पाँच विकेट गुमाइसकेको छ । यसअघि हेमन्त धामी, आकाश चन्द र ललित राजभण्डारीले एक–एक विकेट लिइसकेका छन् ।

सुझावित समाचार