एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालविरुद्ध अर्धशतक बनाएका क्यानडाका ओपनर नभनित धलिवाली आउट भएका छन् ।
नेपालविरुद्ध इनिङ्स उकासिरहेका धलिवालीलाई ८२ बलमा ५० रन बनाउँदा ललितनारायण राजवंशीले आकाश चन्दबाट क्याच गराए ।
उनले ८१ बलमा पाँच चौकासहित ५० रन बनाएका थिए । उनले ललित राजवंशीबाट एक रन खोस्दै अर्धशतक बनाएका हुन् ।
धलिवालीको अर्धशतकसँगै क्यानडा २७ ओभरमा चार विकेट गुमाएर एक सय १ रन बनाइरहेको छ । यसअघिका दुवै खेल जित्दै नेपालले शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।