माओवादी नेता पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहर, सजाय निर्धारणका लागि अर्को पेसी तोकियो

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका काेषाध्यक्ष रेवतराज पुरी गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेका हो। मुद्दा दायर भएको तीन वर्षपछि विशेषले फैसला सुनाएको हो। 

विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार गगनका साथै उनकी श्रीमती केशावती पुरीले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको भेटिएको छ। 

६ फागुनमा उनीहरूलाई विशेषले सजाय सुनाउनेछ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो। 
 

सुझावित समाचार