नेपालको जितपछिकाे त्रिवि मैदान [तस्बिरहरू]

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण

क्यानाडाविरुद्ध तीन खेलको शृंखला एक खेलअघि नै नेपालले जितेको छ। कप्तान रोहितकुमार पौडेल, देव खनाल र अनिलकुमार शाहको अर्धशतकमा नेपालले शृंखलाको दोस्रो खेलमा क्यानाडालाई ४ विकेटले हराएको हो।

निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै क्यानाडाले दिएको दुई सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। तीन खेलको शृंखलामा नेपालले २–० ले अग्रता बनाएपछि त्रिवि क्रिकेट मैदानमा उपस्थित दर्शक निकै उत्साहित देखिएका छन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार