आक्रामक अर्धशतक बनाएका अनिल आउट

शनिबार, २७ माघ, २०८०
डिजिटल संस्करण
आक्रामक अर्धशतक बनाएका अनिल आउट

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपालका ओपनर अनिलकुमार शाह क्यानाडाविरुद्ध आक्रामक अर्धशतक बनाएर आउट भएका छन्। 

कीर्तिपुर मैदानमा दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिलले १९ बलमा ५० रन बनाएका हुन्। २०औँ बलमा भने उनी एलबिडब्लू धरापमा परे।

कुशल भुर्तेलको स्थानमा राष्ट्रिय टोलीमा पुनरागमन गरेका अनिलले पहिलो खेलमै आफ्नो प्रभाव देखाएका छन्। 

२५ वर्षीय अनिलको एकदिवसीय क्रिकेटमा पहिलो अर्धशतक हाे। उनले हालसम्म राष्ट्रिय टोलीबाट चार खेल खेलेका छन्। 

अनिल र आसिफ शेखले २६ बलमा ५० रनको साझेदारी गरेका छन्। आसिफ १० रन बनाएर आउट भए।

सुझावित समाचार