रुपन्देही उद्योग संघमा अध्यक्ष परिषद् गठन, संयोजकमा अर्याल

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

रुपन्देही उद्योग संघमा पूर्वअध्यक्षहरूको भेलाले डम्बरदेव अर्यालको संयोजकत्वमा अध्यक्ष परिषद् ०८०/८२ गठन गरेको छ।  संघका पूर्वअध्यक्ष प्रद्युम्नलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाबाट अध्यक्ष परिषद् गठन गरिएको हो।

परिषद्का सदस्यहरूमा संघका संस्थापक अध्यक्ष रणबहादुर शाह, पूर्वअध्यक्षहरू पिएल श्रेष्ठ, बेनुराम प्रधान, श्यामबहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, तेजकुमार पाठक, बाेनिन पिया, दिनेशराज रेग्मी, गणेशप्रसाद अधिकारी, बाबुराम बोहरा र निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेल रहेका छन्।  सदस्यसचिवमा वर्तमान अध्यक्ष दिलीप सापकोटा रहेका छन्।

नवगठित अध्यक्ष परिषद्का संयोजक डम्बरदेव अर्यालले संघको हरेक गतिविधि र समस्यामा एक भएर परिषद् अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघको उन्नतिका लागि बनाएका योजना र कार्यक्रमलाई सफल बनाउने दायित्व पूर्वअध्यक्षहरूको पनि रहेको जनाउँदै संघलाई सबैको साझा संस्था बनाउन सबैको भूमिका रहने बताए।

सुझावित समाचार