कुशल ६२ रन बनाएर आउट

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

क्यानडाविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका ओपनर कुशल भुर्तेल आउट भएका छन् । ५८ बलमा नाै चौका र एक छक्का प्रहार गरेका कुशललाई साद विन जाफरले विकेट किपर मुभबाट स्टम्पिङ गरेका थिए । 

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले ४४ बलमा आठ चौका र एक छक्कासहित ५० रन बनाएका हुन् ।

कुशलको एकदिवसीयमा यो सातौँ अर्धशतक हो । उनले ४७ खेलमा एक शतक पनि बनाएका छन् । कुशल आउट हुँदा १८.३ ओभरमा नेपालले ९९ रन बनाएको छ।

सुझावित समाचार