कुशलले बनाए अर्धशतक

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण
कुशलले बनाए अर्धशतक

क्यानडाविरुद्ध अर्धशतक बनाएपछि नेपाली ओपनर कुशल भुर्तेल । तस्बिर ः ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल र क्यानडाबीचको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो म्याच त्रिवि खेलमैदान कीर्तिपुरमा भइरहेको छ । क्यानडाविरुद्धको पहिलो एकदिवसीय म्याचमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दा कुशलले अर्धशतक बनाएका हुन् । उनले ४४ बलमा आठ चौका र एक छक्कासहित ५० रन बनाए । 

कुशलको एकदिवसीयमा यो सातौँ अर्धशतक हो । उनले ४७ खेलमा एक शतक पनि बनाएका छन् । 

१३.४ ओभर चलिरहँदा नेपालले एक विकेट गुमाएर ७१ रन बनाएको छ ।क्यानडाविरुद्ध कप्तान रोहितकुमार पौडेलले सुरुवाती ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सुझावित समाचार