क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । कीर्तिपुर मैदानमा कप्तान रोहितकुमार पौडेलले सुरुवाती ब्याटिङ गर्ने निर्णय लिएका हुन् । स्पिनर सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरेका छन् ।
क्यानडाविरुद्ध नेपालले ६ दिनको अन्तरमा तीन खेल खेल्दै छ । युवा खेलाडी सम्मिलित दुवै टोलीले शृंखला जित्ने लक्ष्य राखेका छन् । घरेलु टोलीले अधिकांश युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ ।
प्रशिक्षक मोन्टे देसाईले अधिकांश सिनियर खेलाडीलाई रेस्टमा राखेका छन् । उनले यसपटक युवा खेलाडीलाई अवसर दिएका छन् । नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले नै गरेका छन् ।