नियमित योग गर्छु

बुधबार, २४ माघ, २०८०
डिजिटल संस्करण

नृत्यगुरु भैरवबहादुर थापा ९२ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन् । स्वस्थ्य रहनका लागि व्यायाम र खानपानमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । 

खानपान  ः पानी बिहान तीन लिटर पिउँछु । त्यसपछि ब्रेकफास्टमा फरक–फरक कुरा लिन्छु । दालचिनी, हर्रो, बर्रो, अमला, मेथी, टिमुर, मरिच, सुठो, बिरेनुन हालेर कागतीपानी, आलस, ओखर (दैनिक दुईवटा), बदाम (चारवटा), छोकडा, किमसिम, जिरा, ज्वानोलगायत ऊर्जा दिने खानेकुरा खान्छु ।

बिहान कोदोको ब्राउन ब्रेड एउटा टुक्रा र दुईवटा बिस्कुट लिन्छु । पाँच चम्चाजति फापर तातोपानीमा घोलेर खान्छु । सिजनल फलफूल लिन्छु । १२ बजेपछि ब्रेकफास्ट लिन्छु । खाना खान धेरैभन्दा धेरै समय लगाउँछु । ग्याप राखेर, मजाले चपाएर खान्छु । माछामासु खान्नँ । बेलुकीको खान साढे ७ बजेभित्र लिइसक्छु । बेलुकी कहिलेकाहीँ जौको च्याँख्ला लिन्छु । 

योग : योगाभ्यासका विभिन्न विधि छन् । म श्वासप्रश्वासको पनि अभ्यास गर्छु । झन्डै २० मिनेटजति म श्वासप्रश्वासका अभ्यास गर्छु । २५ मिनेटजति फरक–फरक आसन गर्छु । सैनिक ट्रेनिङ पनि मार्चपास, कदम चाल्ने, रनिङ (घरभित्रै गन्ती गरेर गर्छु), ब्यान्डलगायत अभ्यास गर्दा ४५ मिनेट जान्छ । यसरी, झन्डै दुई घन्टा श्वासप्रश्वास, मन्त्र जप र योगासनसमेत गरेर जान्छ । 

सपना :  मानिसलाई आफ्नो सपनाले पनि दीर्घ जीवन बाँच्न सहयोग गर्ने रहेछ । मैले नृत्यको आफ्नै लिपि लेख्नका लागि ६५ वर्ष लगाएँ । यो मेरो सपना थियो । नेपाली लोकसांस्कृतिक नृत्यलाई विश्वभर चिनाउनुपर्छ भन्ने सपना छ । सपना आफैँ पूरा गर्नुपर्छ भन्ने लागेकाले स्वस्थ्य रहनका लागि मैले खानपान र योगमा विशेष ध्यान दिन थालेँ । बिस्तारै यस्तै बानी प¥यो । त्यसैले सपना देख्न नछाड्नुसु, आशावादी रहनुस् । 

सुझावित समाचार