डडेल्धुरामा निसास्सिएर दुईजनाको मृत्यु

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण

डडेल्धुरामा निसास्सिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका– १ मालमकी ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

बिहान बेहोस भेटिएका उनीहरूलाई डडेल्धुरा अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरिसकेको प्रहरी निरीक्षक नायकले बताए ।

उनका अनुसार मृतक दुवै सासू–बुहारी हुन् । कोठामा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेको कारणले निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ ।

See More On

सुझावित समाचार