ओठको स्याहार यसरी गर्नुस्

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

ओठलाई गुलाबी बनाउन र कालोपन टाढा राख्न ताजा र शुद्ध घिउ पनि लगाउन सक्नुहुन्छ । मह र चिनी मिक्स गरेर ओठमा लगाउनुस् र मसाज गर्नुस् । सीधै महले मसाज गर्दा पनि सुक्खापन हट्छ । पानी प्रशस्तै पिउनुस् । 

- एलोभेरा जेलमा थोरै मह मिलाएर ओठमा मसाज गर्नुस् । १० मिनेटपछि धुनुस् । 
- लिपस्टिक लगाउनुअघि लिप बाम लगाउनुस् । गुणस्तरीय लिपस्टिक मात्रै प्रयोग गर्नुस् । 
- सुत्नुअघि लिप मेकअप निकालेर सुत्नुस् । 
- ग्लिसिरिनको आधा बोतलमा दुईवटा कागती मिसाएर राख्नुस् । यसलाई दिनमा धेरैपटक ओठमा लगाउनुस् । 
- गुलाफको थोरै पत्तालाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा लगाउनुस् । १०–१५ मिनेट राखेपछि धुनुस् । 

See More On

सुझावित समाचार