सभामुख र प्रमुख सचेतकहरूबीच छलफल सुरु

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूबीच छलफल सुरु भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा कानुनमन्त्री धनराज गुरुङ र उपसभामुख इन्दिरा राना पनि सहभागी छन्।

बैठकमा संसद्को हिउँदे अधिवेशनको बिजनेस, क्यालेन्डर, प्रि–बजेटलगायतका विषयमा छलफल हुन लागेको बताइएको छ।

सुझावित समाचार