यसरी बनाउनुस् होम गार्डेनिङको योजना

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

गमलामा बिरुवा रोपेर घर सजाउने चाहना धेरैको हुन्छ । तर, बिरुवाको स्याहार राम्रोसँग गर्न सकिएन भने बगैँचा भद्दा र अव्यवस्थित देखिन्छ । राम्रो गुणस्तरको बिउ चयन गर्नुस् । जसकारण, भविष्यमा राम्रो र स्वस्थ बिरुवा हुर्कियोस् । 

  • हल्का वजन भएका गमला चयन गर्नुस् । यसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सहज हुन्छ । घरमा प्रयोग नभएका भाँडामा पनि माटो र बिउ हालेर बिरुवा रोप्न सक्नुहुन्छ । बजारमा कम मूल्यमा पनि आकर्षक गमला पाइन्छन् । 
  • राम्रो र गुणस्तरीय माटोको चयन गर्नुपर्ने हुन्छ । यसमा विभिन्न प्रांगारिक मल तथा पातपतिंगर पनि मिसाउन सकिन्छ । यसका लागि नर्सरी वा कृषिविज्ञसँग परामर्श गर्न सक्नुहुन्छ । 
  • कम्तीमा ५–६ घन्टासम्म प्रकाश आउने खालको स्थानमा गमला राख्नु राम्रो हुन्छ । बिरुवाका लागि पर्याप्त पानी आवश्यक पर्ने भएकाले सहजै पानी पुर्याउन सकिने ठाउँमा गमला राख्नुस् । 
  • खुला स्पेसमा गमला राख्नुभयो भने राम्रो हुन्छ । जसकारण, गमलामा पानी हाल्न असहज नहोस् । गमलालाई चिसो र विभिन्न कीटाणुबाट पनि जोगाउन जरुरी छ । 

सुझावित समाचार