नेकपा एमालेका महासचिव शंखर पोखरेलले सत्तागठबन्धनका कारण देश अराजकतातर्फ धकेलिएको टिप्पणी गरेका छन्।
एमाले रौतहटले आयोजना गरेको प्रथम प्रतिनिधि परिषद्को बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले सरकार गठन भएको एक वर्षमा १४ हजार युवालाई विदेश पठाएर सत्तागठबन्धनले आफ्नो नालायकीपन प्रस्तुत गरेको आरोप लगाए।
मधेश प्रदेश सरकार र संघ सरकारमा गठबन्धन भएसँगै देशको अवस्था नाजुक भएको उनको जिकिर छ। उनले गठबन्धन सरकारकै कारण आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने र राष्ट्र बैंकले नोट निष्क्रिय बनाउने अवस्था आएको बताए।
मधेशका मसिहा बताउनेहरूका कारण मधेशले विकासमा फड्को मार्न नसकेको बताउँदै महासचिव पोखरेलले नेकपा एमालेकै कारण मधेशका जिल्लामा हुलाकी राजमार्ग बन्न सकेको दाबी गरे।