आयोजक द एक्सिेल्सियर स्कुलले १०औँ एक्सेल्सियर कपअन्तर्गत सिनियर पुरुष बास्केटबलमा सोमबार विस्डम एकेडेमीमाथि ३०–१५ को फराकिलो जित निकालेको छ । एक्सेल्सियरका छिरिङ गुरुङले ११ स्कोर गरेका थिए ।
सिनियर पुरुषतर्फ स्वर्णिमले एनआइसी एकेडेमीलाई २१–१५ ले हरायो । रेडिएन्ट पब्लिकले होली भिजनलाई ४२–१२ ले पराजित गर्यो । सिनियर महिलामा बास्केटबलमा स्वर्णिमले न्यु जेनिथलाई १८–७ ले हरायो । काष्ठमण्डपले रिब्सलाई २५–१४ र रेडिअन्टले बोधिसत्वलाई १६–६ ले पाखा लगाए ।
पुरुष फुटसलको यू–१३ मा काष्ठमण्डपले एलआरआई र निसर्ग वाटिकालाई समान ३–१ ले पाखा लगायो । फेरिल्यान्डले एक्सेल्सियर ‘नीलो’लाई १–० ले पन्छायो । निर्भाना र बोधिसत्वबीचको खेल गोलरहित बराबरी भयो । ल्यान्डमार्क र निर्भानाले खेल गोलरहित बराबरी खेले ।
यसैगरी, पुरुष फुटसलको यू–१२ मा सेक्रेड हार्टले स्वस्तिश्री गुरुकुललाई २–१ ले हरायो । यसैगरी, प्रतियोगिताको यू–१६ पुरुष फुटसलमा काष्ठमण्डपले न्यु एरालाई २–१ ले हरायो । बालदीक्षा सदनलाई ६–० ले निराश बनायो । न्यु एराले बालदीक्षा सदनमाथि ५–२ को जित निकाल्यो ।