दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्।

बाराको सिमरा विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाविरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको बताएका थिए।

सुझावित समाचार