अफगानिस्तान संकटमा, नवौँ विकेट पनि गुम्यो

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिडिरहेका छन् । 

प्रतियोगिताको सुपर सिक्समा प्रवेशका लागि दुवैलाई आज जित्नैपर्ने अवस्था छ । यस्तोमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तान संकटपूर्ण अवस्थामा पुगेको छ । 

३८औँ ओभरमा एक सय ४३ रन बनाउँदा उसका नौ खेलाडी पेभेलियन फर्किसकेका छन् । नेपाललाई नवौँ सफलता दिलाउने क्रममा दीपेश कँडेलले अफगानिस्तानका क्याप्टेन नासिर खानलाई ३१ रनमा आउट गरे । 

सुझावित समाचार