आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ। आकाश चन्दले व्यक्तिगत तीन विकेट लिँदै टिमलाई चौथो सफलता दिलाएका हुन्।
सातौँ ओभरको अन्तिम बलमा चन्दले अफगानिस्तानका सोहेल खान जुर्मतीको विकेट लिएका हुन्।
नेपालको चौथो सफलतामा चन्दले तीन र गुल्सन झाले एक विकेट लिएका हुन्।