अफगानिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले दोस्रो सफलता पाएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिले बलिङ गरेको नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक–एक विकेट लिएका हुन्।

गुल्सनले पहिलो ओभरको चौथो बलमा नुमन साह र आकाशले दोस्रो ओभरको तेस्रो बलमा खालिद तानिवाललाई पेभेलियन फर्काएका हुन्।

तीन ओभरको खेल सकिँदा दुई विकेट गुमाउँदै अफगानिस्तानले तीन रन मात्र जोड्न सकेको छ।

सुझावित समाचार