कर्णालीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

शुक्रबार, १२ माघ, २०८०
डिजिटल संस्करण

राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको कर्णालीले प्रदेशले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनायो। 

कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रन बनाए। उनले एक सय सात बल खेल्दै ६ चौका प्रहार गरे। कप्तान रवीन्द्र शाहीले ३५ बलमा आठ चौका र एक छक्काको मद्दतमा ४० रन बनाए  । त्यसैगरी अर्जुन घर्तीले २३ रन बनाए भने दिवान पुनले २० रन जोडे। 

पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले समान एक–एक विकेट लिए।

सुझावित समाचार