गण्डकीमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

गण्डकी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य चयनका लागि भएको निर्वाचनमा कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका एक उम्मेदवार विजयी भएका छन्। 

निर्वाचनमा अन्य क्लस्टरमा गोरखाबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यक क्लस्टरमा तनहुँबाट कांग्रेसका पदमबहादुर परियार र महिला क्लस्टरमा पर्वतबाट माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी भएका हुन्।

गण्डकीमा प्रदेश सभा सदस्य ६० र ११ जिल्लाका ८५ वटा पालिका प्रमुख र उपप्रमुख एक सय ७० गरी कुल दुई सय ३० जना मतदाता रहेकोका दुई सय २९ जनाले मतदान गरेका थिए।

सहकारी गठीपछि फरार रहेका बागलुङका ढाेरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अनुपस्थित रहे। राष्ट्रिय सभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो २० फागुनमा सकिँदै छ।
 
निर्वाचनमा आठजना उम्मेदवार रहेका थिए । नेकपा एमालेले अन्य क्लस्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता–अल्पसंख्यक क्लस्टरमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लस्टरमा गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अन्य क्लस्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला क्लस्टरमा तनहुँकी गौमाया श्रेष्ठ उम्मेदवार रहेकी थिइन्।
 

सुझावित समाचार