मधेशले गण्डकीलाई दियो ३३६ रनको लक्ष्य

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ३५ रन बनायो। 

मधेशका लागि अनिल साहले शतकीय पारी खेले। उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाए। यस्तै, अर्निको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित ६३ रन बनाए। रूपेश सिंहले ४७, पवन सर्राफले ४०, रूपेश सिंहले ३२, अभिशेख तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए।

बलिङतर्फ गण्डकीका लागि सन्दीप पराजुलीले दुई तथा कृष्ण पौडेल र कमल परियारले एक–एक विकेट लिए। अहिले गण्डकीले जवाफी ब्याटिङ गरिरहेको छ। उसले सात ओभरमा ४२ रन बनाएको छ।  

सुझावित समाचार