भोलिदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले भोलिदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने भएको छ। भोलिदेखि नै सवारीसाधन लिएर न्युरोड क्षेत्रमा जान चाहनेले पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावरमा पार्किङ गर्नुपर्नेछ। 

भ्यु टावरको भूमिगत पार्किङमा तीन सय चारपांग्रे सवारीसाधन र सात सय दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था छ। त्यहाँ पार्किङ निःशुल्क हुनेछ। 

भोलिदेखि हुने यो कार्यक्रमबारे जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ। यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ।’ 

उनका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो। यसअघि, महानगरले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरिसकेको छ।

सुझावित समाचार