न्युजिल्यान्डविरुद्ध नेपाली बलर संघर्ष गर्दै, गुल्सनले लगातार बलमा लिए दुई विकेट

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण
न्युजिल्यान्डविरुद्ध नेपाली बलर संघर्ष गर्दै, गुल्सनले लगातार बलमा लिए दुई विकेट

photo : CAN

आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डको सामना गरिरहेको नेपाल बलिङमा संघर्ष गरिरहेको छ। 

१५ ओभरभित्र तीन विकेट लिएर न्युजिल्यान्डलाई दबाबमा राखेका नेपाली बलरले त्यसपछिका २५ ओभरमा कुनै विकेट लिन सकेनन्। यसबीचमा कप्तान ओस्कार ज्याक्सन र मध्यक्रमका नेहित रेड्डीले एक सय ५७ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई सुदृढ अवस्थामा पुर्याए। 

न्युजिल्यान्डले दुई सय २४ रनको अवस्थामा कप्तान ज्याक्सनलाई गुमाएपछि नेपाली बलर पुनः हाबी हुने प्रयास गरिरहेका छन्। 

ज्याक्सनलाई आकाश त्रिपाठीले व्यक्तिगत ७५ रनको अवस्थामा आउट गरेपछि नेपालले थप दुई विकेट लिन सफल भयो। सिनियर टिमका नियमित सदस्य अलराउन्डर गुल्सन झाले आफ्नो सातौँ ओभरका लगातारका दुई बलमा लकल्यान स्याकपल र ज्याक कमिङलाई आउट गरे। 

ताजा अवस्थामा न्युजिल्यान्डले ४५ ओभरमा ६ विकेट गुमाएर दुई सय ४४ रन बनाएको छ। 

सुझावित समाचार