दाङमा रड प्रहारबाट श्रीमतीको हत्या

आइतबार, ७ माघ, २०८०
डिजिटल संस्करण

दाङमा रड प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका– ४ तल्लो  हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिराले मातेका चौधरीले श्रीमतीलाई रडले हान्दा घटनास्थलमै मृत्यु भएको हो । चौधरी धेरै मदिरा खाने भएकाले घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शनिबार साँझ ६ बजेतिर घटना भएको हो । श्रीमतीको हत्यापछि अवस्था बुझ्न त्यहाँ पुगेका स्थानीयलाई पनि उनले रड प्रहार गरेका छन् । 

स्थानीय मीना थापा र शिला चौधरीलाई रड प्रहार गर्दा उनीहरू घाइते भएका छन् । मीनाको टाउकोमा चोट लागेको छ भने शिलाको हड्डीमा चोट लागेको छ । दुवैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । शिलालाई दिउँसो हाडरोग विशेषज्ञलाई देखाउने तयारी रहेको छ । उनीहरूको अवस्था भने सामान्य रहेको तुलसीपुर– ४ का वडाध्यक्ष तुलसी थापाले जानकारी दिए ।
 

See More On

सुझावित समाचार