कराओकेमा आगलागी हुँदा ६ को मृत्यु, ९ घाइते

बिहिबार, ४ माघ, २०८०
डिजिटल संस्करण

इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल सहरमा रहेको तीनतले कराओके लाउन्जमा भएको आगलागीमा ६ जनाको मृत्यु भएको छ। नौजना घाइते भएका छन्।  

सहर प्रहरीले जनाएअनुसार स्थानीय समय बिहान आठ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको छ।

यसैबीच, सहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको बताए। विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते नौजनाको अस्पतालमा सघन उपचार भइरहेको उनले बताए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। (रासस/सिन्ह्वा) 

सुझावित समाचार