बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

फाइल तस्बिर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन्। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न निर्देशन दिएका छन्। 

‘प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्रीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीर रूपमा लिन निर्देशन दिनुभएको छ,’ प्रेस सल्लाहकार आचार्यले भने।

सुझावित समाचार