होटेल संघ नेपाल (हान)ले २ माघमा काठमाडौंमा नेपाल सत्कार दिवस आयोजना गर्ने भएको छ । यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । देशमा पहिलोपटक उत्सवका रूपमा आयोजना हुन लागेको उक्त दिवसमा होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाका साथै चुनौतीबारे प्रस्तुति रहने बताइएको छ ।
५८ वर्षअघि विधिवत् रूपमा दर्ता भएको माघ २ गते स्थापना दिवस मनाउन होटेल संघ नेपालले आयोजना गरेको उक्त सत्कार दिवसमा नेपाल इयरबुक–२०२४ र इलनिङमार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक पनि सार्वजनिक हुने बताइएको छ ।
साथै, उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई सम्मान र सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने पनि आयोजकले जनाएको छ ।