त्रिशूली नदीमा गाडी खसेको आशंका

नदीमा गाडी खसेको आशंकामा गोताखोर टोली परिचालन

मंगलबार, २ माघ, २०८०
डिजिटल संस्करण

चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको तीन नम्बर पुलनजिकै सडकबाट त्रिशूली नदीमा बस खसेको आशंका गरिएको छ । नदीमा गाडी खसेको आशंकामा गोताखोरको टोली परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तीन नम्बर पुलनजिक सडकबाट ८० मिटर तल त्रिशूली नदीको पानीभित्र गाडीको लाइट बलेजस्तो देखिएको खबर प्रहरीमा आएपछि प्रहरीको टोली त्यसतर्फ गएको छ ।  

इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी बलको नायब निरीक्षकको टोली, चितवनका प्रमुख जिल्ला अधिकारीसहित विपत् व्यवस्थापनको डुंगा लिएर प्रहरी त्यसतर्फ गएको छ । लाइट गाडीको हो कि के को भन्ने पुष्टि हुन सकेको छैन । 

सुझावित समाचार