टुँडिखेलमा ठेलमठेल हुँदा आठजना घाइते

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण
टुँडिखेलमा ठेलमठेल हुँदा आठजना घाइते

फाइल तस्बिर

काठमाडौंको टुँडिखेलमा ठेलमठेल हुँदा माघे संक्रान्ति मनाउन आएका आठजना घाइते भएका छन्। अत्यधिक भिडभाडका कारण टुँडिखेलभित्र आउजाउ गर्नेहरूले ठेलमठेल गर्दा थिचिएर र कुल्चिएर उनीहरू घाइते भएकाे प्रहरीले जनाएको छ।

घाइते आठजना महिलाहरू रहेको जिल्ला प्रहरीपरिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था सामान्य छ। उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

माघे संक्रान्तिको अवसरमा मगर समुदाय र थारू समुदायले छुट्टाटछुट्टै रूपमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रम गरेका छन्। मगर समुदायले ‘माघे सकराती’ र थारू समुदायले ‘माघी’को सांस्कृतिक कार्यक्रम राखेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मगर समुदायको माघे संक्रान्तिलाई सम्बोधन गरेर थारू समुदायको सांस्कृतिक कार्यक्रममा पुगेका छन्। प्रहरीका अनुसार टुँडिखेलमा ठूलो संख्यामा मानिसहरूको उपस्थिति रहेको छ।

सुझावित समाचार