भिजिट भिसालाई व्यवस्थित बनाइने

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ। 

गृह मन्त्रालयमा बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसहित गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो। 

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्रधानमन्त्रीसँगको परामर्श एवं निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन दिएका छन्।

सुझावित समाचार