मोटरसाइकल दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

मोटसाइकल दुर्घटनामा परी  श्रीमान–श्रीमतीको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका– १ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकालदम्पतीको मृत्यु भएको हाे । 

ढकालदम्पती सवार भे.१३ प १०७४ नम्बरको मोटरसाइकल कैलालीको कुइने सडकखण्डमा पर्ने पितमारीमा  दुर्घटना परेको हो ।  

अछामबाट बर्दिया हिँडेका ढकालदम्पतीकाे  मोटरसाइकल मोहन्याल गाउँपालिका– ७ को पितमारीनजिकको हावा लाग्ने डाँडाबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेकाे थियाे । उनीहरूको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

सुझावित समाचार