नवनिर्वाचित सभामुख विष्टले लिए शपथ

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

कोशी प्रदेशका नयाँ सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार प्रदेश सभाबाट निर्विरोध निर्वाचित सभामुख विष्टले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सभामुख पदमा अरू दलहरूले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध सभामुख भएका थिए। मंगलबार बसेको प्रदेश सभा बैठकबाट राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको प्रस्ताव तथा राप्रपाका सांसद प्रेमराज थाम्सुहाङको समर्थनमा विष्ट सभामुख भएका हुन्।

संसदीय अंकगणितका कारण गठबन्धन दलले सभामुखमा राप्रपालाई समर्थन गरेको थियो । विष्ट सभामुख भएसँगै कोशी प्रदेशको अस्थिर राजनीति र मध्यावधि  खतरा टरेको छ।

संविधानमा सभामुख र उपसभामुख पद एउटै दलको हुन नहुने भएपछि एमालेले पनि विष्टलाई नै समर्थन गरेको थियो। हाल उपसभामुख एमालेकी सिर्जना दनुवार थिइन्।

१६ साउनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सभामुख पद रिक्त थियो।

सुझावित समाचार