कोशी प्रदेशले आज सभामुख पाउँदै

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

कोशी प्रदेश सभामा आज सभामुख निर्वाचनको प्रक्रिया अघि बढ्ने भएको छ । 

लामो समयदेखि रिक्त रहेको सभामुख चयन गर्न प्रदेश सभामा आज निर्वाचन प्रक्रिया अघि बढ्ने भएको हो । 

उपसभामुख सिर्जना दनुवारले आज दिउँसो तीन बजेबाट सभामुख चयनका लागि निर्वाचनको प्रक्रिया अघि बढ्ने जानकारी दिइन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन सहमति गरेका हुन् । 

‘निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति जुटिसकेको छ,’ उपसभामुख सिर्जना दनुवारले नयाँ पत्रिकासँग भनिन्, ‘आज ३ बजेबाट प्रक्रियाअघि बढ्छ ।’

आजै राप्रपाले सभामुखमा आफ्नो दलका प्रमुख सचेतक अम्बरबहादुर विष्टलाई अघि बढाउने निर्णय गरेको छ । 

सुझावित समाचार