नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको लाइन काटेको छ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको विद्युत् लाइन सोमबार बिहान काटेको हो।
उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ। प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको छ।
यसमध्ये हिमाल स्टिलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यसबापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ।