जसपाले बोलायो केन्द्रीय समिति बैठक

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ। 

यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ।

साथै, पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए। उनका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ।

See More On

सुझावित समाचार