३ प्रश्न

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

क्यालेन्डर बनाएर संसद् चल्नुपर्ने आवाज उठाउँदै आउनुभएको छ । यसबारे थप प्रस्ट पारिदिनुहोस् न ! 
संसद् सञ्चालनमा क्यालेन्डर बनाएर लागू गर्नु महत्वपूर्ण हुन्छ । खासगरी संसद्का प्राथमिकता निर्धारण गर्न क्यालेन्डर आवश्यक हुन्छ । साताका हरेक दिन र हरेक घन्टा के–के गर्ने भन्ने विषय निर्धारण गर्न क्यालेन्डर चाहिन्छ । सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रमअनुसार संसद् चलाउँछ । सांसदले सार्वजनिक महत्वका प्रस्ताव र संकल्प प्रस्ताव राख्न सक्छन् । सरकारको ‘बिजनेस’ नभएको समयमा सांसदका त्यस्ता प्रस्तावमाथि छलफल चलाउनुपर्ने हो । तर, त्यस्ता प्रस्तावमाथि छलफल नै चलाइन्न । त्यसैले, यस्ता विषय पनि क्यालेन्डरमा समेट्नु जरुरी हुन्छ । 

हाम्रो संसद् किन प्रभावकारी हुन नसकेको होला ?
संसद्को प्राथमिकता निर्धारण हुन नसक्नु नै यसको मुख्य कारण हो । संसद्लाई प्रभावकारी बनाउन सरकारको जाँगर शून्य छ । संसद्ले पनि सरकारकै मुख ताक्नुपर्ने बाध्यताले गर्दा प्रभावकारी हुन नसकेको हो ।  

संसद् अधिवेशनलाई प्रभावकारी बनाउने विधि के हुन सक्ला त ? 
पहिलो त प्राथमिकता निर्धारण नै हो । जनतासँग प्रत्यक्ष जोडिएका विविध विषयमा खुला छलफल हुनुपर्छ । मन्त्री, प्रधानमन्त्रीसँग जनजीविकाका विषयमा प्रश्नोत्तर गर्ने, पब्लिकका सुझावमा छलफल चलाउने, विभिन्न आयोगका प्रतिवेदनमाथि खुला बहस गराउने जस्ता कार्यमा संसद् व्यस्त हुनुपर्छ । साथै, संसद्लाई जनताका आवाज प्रस्टसँग सुनाइने र सुन्ने थलो बनाउनुपर्छ । यति भयो भने संसद् वास्तविक जनताको संसद् बन्न सक्छ । 

सुझावित समाचार