राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस २१ गते शनिबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन्।

ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीबाट उम्मेदवार टुंगो लगाउने बताइएको छ।

‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

सुझावित समाचार