ग्लोबल आइएमईले गर्‍यो २५३ कर्मचारीलाई सम्मान

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १७औँ वार्षिकोत्सवको अवसर पारेर बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आयोजना गरेको विशेष कार्यक्रममा ग्लोबल आइएमईका अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्मचारीहरूलाई सम्मान गरेका हुन् । 

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा तथा सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । बैंक स्थापनाको १७ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकमा अब्बल बनाउन सफल रहेको उनको दाबी थियो । कर्मचारीको अथक मिहिनेत र लगनशीलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालले बताए ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । बैंकका वरिष्ठ नायब प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आगामी वर्षहरूमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

सुझावित समाचार