प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताअन्तर्गत अहिले सशस्त्र प्रहरी बलको एपlएफ क्लब र कोशी प्रदेशबीच फाइनल खेल भइरहेको छ। एपिएफ क्लबले कोशी प्रदेशसामु जितका लागि एक सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपlएफ क्लबले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनायो।
एपlएफका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४७ बल खेल्दै ५३ रनको योगदान दिइन् । सो क्रममा बर्माले ६ चौका र एक छक्का प्रहार गरिन् । यस्तै, ज्योति पाण्डेले २७ तथा रोमा थापाले १४ रन बनाइन्।
बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक गरिन्। उनले २०औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन्। बेगमले पहिलो बलमा इन्दु बर्मा, दोस्रो बलमा नेरी थापा तथा तेस्रो बलमा सोनु खड्काको विकेट लिइन्। यस्तै, एलिशा खडियाले दुई तथा कप्तान रुविना क्षेत्री र निशा शाहले एक–एक विकेट लिइन्।
अहिले कोशी प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ। कोशीले नौ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ। कोशीले अप्सरी बेगमका रूपमा पहिलो विकेट गुमाएको छ। प्रतियोगिताको विजेताले रु. पाँच लाख तथा उपविजेताले रु. तीन लाख पुरस्कार प्राप्त गर्नेछन्।