भन्सार छलेर ल्याइएका तीन सय ८७ थान मोबाइल बरामद

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

प्रहरीले आठ लाख रुपैयाँबराबरको अवैध मोबाइल फोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार साँझ चन्द्रनिगाहपुर–गौर सडकखण्डमा चेकचाँजका क्रममा यात्रुवाहक बसको डिक्कीबाट अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको मोबाइल बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चन्द्रनिगाहपुर–गौर सडकखण्डको चन्द्रपुर नगरपालिका– ५ तल्लोबजारमा सवारी चेकजाँच गर्ने क्रममा गौरतर्फबाट चन्द्रनिगाहपुरतर्फ आएको यात्रुवाहक बसको डिक्कीबाट तीनवटा बोरामा ल्याइँदै गरेको तीन सय ८७ थान मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीले जानकारी दिएकी छिन्।

आठ लाख अठार हजार नौ सय ६ रुपैयाँबराबरको मोबाइल आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा दाखिला गरिएको गिरीले जानकारी दिएकी छिन्।

See More On

सुझावित समाचार